
पाँचथर, वैशाख १५ । पाँचथरको हेवाखोलामा करेन्ट लगाइ माछा मार्नेहरुलाई प्रहरीले पक्राउ गरी जरिवाना तिराएको छ ।
जिल्ला प्रहरी कार्यालयले गत सोमबार दीपेन्द्र विश्वकर्मा, रमेश विश्वकर्मा, अर्जुन तिमल्सिना र जसबहादुर तामाङलाई करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
उनीहरुलाई जलचर संरक्षण ऐन २०१७ अनुसार जनही २० हजार रुपैयाँका दरले जरिवाना लिएर छाडिएको पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्