
सल्यान, बैशाख १५ । सल्यानको छायांक्षेत्र गाउं विकास समिति वडा नम्बर ९ रानीगाउंमा आज बिहान चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
एकै घरका दुई बालिका सहित चार जनाको हत्या भएको हो । हत्या हुनेमा रानागाउँकी २२ वर्षकी सीता खान, सीताका छोरीहरु साढे दुई वर्षकी पवित्रा तथा डेढ वर्षकी सविताको हत्या भएको हो ।
यस्तै मार्के घर भएकी सीताकी बहिनी १८ वर्षकी पवित्रा गिरीको पनि हत्या भएको प्रहरीले जनाएको छ । उनीहरु सबैको घरमै हत्या भएको सल्यानका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
हत्याको कारण खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
उनीहरुमाथि बलात्कारसमेत भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले सर्च टोलि बनाई गाउंका घरघरमा समेत सर्च सुरु गरेको छ । सीताका श्रीमान रमेश खान मजदुरीका लागी भारतमा छन् ।
प्रतिक्रिया दिनुहोस्