२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


औद्योगिक क्षेत्र पूर्णक्षमतामा सन्चालन गर्न संसदीय समितिको निर्देशन


0
Shares

काठमाडौं, वैशाख १४ । व्यवस्थापिका–संसदको उद्योग समितिले औद्योगिक क्षेत्र पूर्णक्षमतामा सन्चालन गर्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योगमैत्री वातावरणका लागि औद्योगिक ऐन परिमार्जन गर्न र सरोकारवाला मन्त्रालयसँग समन्वय गरी अगाडि बढ्न पनि निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले सामाजिक सुरक्षासहितको घन्टामा आधारित तलबको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले उद्योगमैत्री वातावरणका लागि ट्रेड युनियन समस्या समाधानमा ध्यान दिनुपर्नेमा पनि जोड दिएका छन् ।

त्यसका लागि राजनीतिक दलहरुको सहमतिमा श्रमसम्बन्धी समस्या समाधानमा ध्यान दिन उद्योग मन्त्रालयलाई निर्देशन दिइएको छ ।

सांसदहरुले औद्योगिक क्षेत्रमा राख्ने उद्योगहरुको वर्गीकरण गर्न पनि सुझाव दिएका छन् ।