
काठमाडौं, वैशाख १४ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
नेपाल सरकारको अग्राधिकार शेयरमासमेत तोकिएबमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट स्वीकृत भएको छ ।
साथै, बोनस शेयरपश्चात कायम हुने साधारण चुक्ता पूँजीमा २ बराबर १ अर्थात् ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
बैंकको मंगलबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले उक्त बोनस शेयर र नगद लाभांश दिने तथा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो निर्णयबाट करिब २ लाख शेयरधनीहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
बैंकले गत वर्ष कुल सन्चालन आम्दानी गत आर्थिक वर्षको तुलनामा करिब २२ प्रतिशतले बढाएर ६ अर्ब ६६ करोड पुर्याएको छ भने खुद मुनाफा गत आर्थिक वर्षको तुलनामा १ सय ३८ प्रतिशत बराबरले बृद्धि भइ ३ अर्ब ५९ करोड रुपैयाँ पुगेकोे जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्