
काठमाडौं, वैशाख १४ । सुनको मूल्य उकालो लाग्नेक्रम मंगलबार पनि जारी रह्यो । सुन तोलाको पुनः ५१ हजार रुपैयाँ माथि पुग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेर ५१ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलाको ५० हजार ९ सय रुपैयाँ पुगेको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ३२ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्