
काठमाडौं, वैशाख १४ । पछिल्ला दिन बुलिस ट्रेन्डमा उकालो लाग्दै आएको शेयर बजारको रफ्तारमा मंगलबार ब्रेक लाग्यो ।
दैनिक उचाइको नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेमो यसदिन भने ब्रेक लागेको हो । कारोबार भने यसदिन पनि उच्च रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ८ अंक बराबरले ओरालो लागेर १४ सय ५३ मा आइपुग्यो । वाणिज्य बैंक, बीमा र अन्य समूहमा गिरावट आएसँगै अरु समूहमा सुधार आउँदा पनि नेप्से ओरालो लागेको हो ।
वाणिज्य बैंक र बीमा समूह दुबै १५/१५ अंकले झरेका हुन् । अन्य समूहमा सामान्य अंकले गिरावट आएको हो ।
उत्पादनमूलक समूहमा ३४ अंकको उच्च सुधार भयो भने होटल समूहमा पनि २६ अंकको बृद्धि आयो । वित्त, विकास बैंक र जलविद्युत् समूह सामान्य अंकले धनात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा एक अर्ब रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्