
काठमाडौं, वैशाख १४ । अर्थविद्हरुले कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याउन आग्रह गरेका छन् ।
मंगलबार राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले विगतका वर्षहरुमा बजेटको कार्यान्यन नै प्रमुख समस्या हुने गरेको भन्दै यस वर्ष कार्यान्वयन गराउनसक्ने बजेटमात्रै ल्याउन सुझाव दिएका हुन् ।
कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले विकास निर्माणको काम छिटो सुरु गर्नुपर्ने र भूकम्पपछि पुनःनिर्माणको काम गर्ने गरी बजेट विनियोजित गर्नुपर्ने बताए ।
उनले ‘अबपनि विकास निर्माणको काम सुरु भएन भने नेपालमा ‘कालोदिन’ सुरु हुन समय लाग्दैन’–भने ।
यस्तै, अर्थविद्ध डा. गिरिराज खनालले दीगो विकासको लक्ष्य पूरा गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिए ।
बजेटले आर्थिकबृद्धि गराउन प्राथमिकता दिनुपर्ने भन्दै कृषि, उद्योग, निर्माण र सामाजिक सुरक्षाको चासोलाई सम्बोधन गर्ने गरी बजेट ल्याउनुपर्नेमा अर्थविद्हरुले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्