४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


भक्तपुरमा बाढीले बिजोग (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/जयराम बास्तोला/कबिर महर्जन (इमेज)

भक्तपुर, असार २८ । भनिन्छ, प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन । वर्षायामसँगै तराईका अधिकांश भूभाग डुबानमा परेका बेला राजधानी उपत्यका पनि त्यही मारमा परेको छ ।

केही दिनयता लगातार परेको पानीले भक्तपुर र काभ्रेपलाञ्चोकका केही ठाउँ डुबानमा पर्दा त्रास बढेको छ ।

लगातारको अविरल वर्षाले हनुमन्ते खोलासहितको नालामा पानी बढ्दा ती क्षेत्रका बस्ती डुबानमा परे । बाढी बस्तीसम्म प्रवेश गर्दा भक्तपुरका ती क्षेत्रका अधिकांश घर डुबानमा परेका हुन् ।

जसले जनजीवन अस्तव्यस्त पारेको छ । डुबानमा परेका मानिसलाई उद्धार गर्न तराईमाझैं यहाँ पनि डुंगा नै प्रयोग गर्नुपर्‍यो ।

कोटेश्वरपारि रहेको भाटभटेनी सुपरमार्केटको भुइँतलाको भागमा पानी पस्दा र भूमिगत पार्किङ पूरै डुबानमा पर्दा लाखौंको क्षति पुगेको छ ।

हनुमन्ते खोलाछेउका जग्गानजिक घनाबस्ती भएका कारण वर्षेनि यस्तो नियति भोग्नुपरेको तर सरकारले पटक्कै ध्यान नदिएको गुनासो पीडितको छ ।

एकातिर जलमग्न बनेको आफ्नो घरको सामान कसरी जोगाउने भन्नेहरुको पीडा देखिन्थ्यो भने मोबाइलमा सेल्फी हान्ने र दृष्य खिच्ने तमासे पनि उत्तिकै देखिन्थे ।

बाढीका कारण अधिकांश सवारी–साधन डुब्नुका साथै घरका मुख्यगरी तल्लो तलामा रहेनहरुको सामान पनि पूरै डुबेको देखिन्थ्यो ।

भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाटलगायतका क्षेत्र पूरै प्रभावित बनेको हो ।

भिडियो हेर्नुहोस्