६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


वेस्ट इन्डिजका क्रिकेट खेलाडीको व्यवहारप्रति आइसीसीको आपत्ति


0
Shares

दुबई, वैशाख १४ । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट विजेता टिम वेस्ट इन्डिजका खेलाडीको व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आपत्ति जनाएको छ ।

उपाधि हासिल गरेलगत्तै वेस्ट इन्डिजका कप्तान डारेन सामी लगायत केही खेलाडीले दिएको प्रतिक्रियामा आइसीसीले आपत्ति जनाएको हो । उनीहरुले वेस्ट इन्डिज क्रिकेट बोर्डको आलोचना गरेका थिए ।

दुबईस्थित आइसीसीको मूख्यालयमा बसेको बोर्ड बैठकले वेस्ट इन्डिजका केही खेलाडीको टिप्पणी र गतिविधि अशिष्ट रहेको ठहर गरेको हो । यस्तो गतिविधिबाट विश्वकप प्रतियोगिताको प्रतिष्ठा मै ठेस पुगेको आइसीसीको भनाई छ । (एजेन्सी)