
ताप्लेजुङ, बैशाख १४ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा जाने मोटरबाटोको स्तरोन्नतिमा सरकारले चासो दिएको छ ।
दैनिक हजारौं तीर्थयात्री ओहोरदोहोर गर्ने कच्ची बाटोको स्तरोन्नतिका लागि भन्दै अर्थ मन्त्रालयले १० करोड रुपैयाँ विनियोजन गरेको हो ।
सडकलाई बार्है महिना सञ्चालन गर्न सकिने बनाउन सरकारले एकै पटक १० करोड रुपैयाँ दिएको उत्तर दक्षिण ताप्लेजुङ ओलाङ्चुङगोला खण्ड लोकमार्ग योजनाका प्रमुख कुबेर नेपालीले बताए ।
अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत भीमकान्त न्यौपानेले यो रकमले बहुवर्षीय ठेक्काको प्रक्रियाबाट काम गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्