२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


कोरियाका सभामुख चेम्बर प्रतिनिधिबीच छलफल


0
Shares

काठमाडौं, वैशाख १३ । गणतन्त्र कोरियाका राष्ट्रियसभाका सभामुख छङ उइ ह्वाले नेपालले नयाँ सम्विधानमार्फत् चाँडै नै आर्थिक सम्बृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटघाट कार्यक्रमका अवसरमा सभामुखले उक्त कुरा बताएका हुन् ।

सभामुख छङले नयाँ सम्विधानले नेपालमा राजनैतिक स्थीरता हुने र आर्थिक विकासमा मद्दत पुग्न जाने विश्वास व्यक्त गरे ।

उनले नेपाल र कोरियाबीचको सम्बन्धबारे चर्चा गर्दै नेपाल कोरियाको असल छिमेकी भएको बताए ।

उनले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेपनि बताएका थिए ।

सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उच्चस्तरीय कोरियन प्रतिनिधिमन्डललाई स्वागत् गर्दै सभामुख छङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा ठोस मद्दत पुग्न जाने विश्वास व्यक्त गरे ।

उनले कोरियाली उत्पादनहरु नेपालमा प्रख्यात रहेकाले नेपालमै उत्पादन गर्नसमेत कोरियाली लगानीकर्तालाई अनुरोध गरे ।

उनले कोरियासँग नेपालको व्यापारघाटाबारे चर्चा गर्दै नेपालमा उत्पादित वस्तुहरुको कोरियामा प्रवद्र्धन गर्नसमेत भ्रमण प्रतिनिधिमन्डललाई अनुरोध गरे ।