
अनिल तिवारी (इमेज)
वीरगन्ज, वैशाख १३ । मधेसवादी दलहरुको ६ महिने तराई बन्दका दौरान लगभग तीन महिनासम्म प्रभावित भएको सुक्खा बन्दरगाह कार्यालयले चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ६५ प्रतिशत भन्सार असुली गरेको छ ।
कार्यालयको वार्षिक लक्ष्य १७ अर्ब १४ करोड ८१ लाख रहेको छ । जसअनुसार चैत महिनासम्ममा ११ अर्ब १६ करोड १६ लाख भन्सार असुल गरेको छ ।
साविक भन्सार लक्ष्य १७ अर्ब ८९ करोड ८० लाख वार्षिक राजश्व असुली लक्ष्य तोकिएपनि बन्द र नाकाबन्दीलाई मध्यनजर गरी कार्यालयले लक्ष्य परिमार्जन गरेको थियो ।
सुक्खा बन्दरगाहस्थित अर्को भन्सार कार्यालयको राजश्व असुलीमा पनि सुधार भइरहेको सूचना अधिकारी हरिहर पौडेलले बताए ।
चैत मसान्तसम्ममा यस भन्सार कार्यालयले लक्ष्यको ९१.७५ प्रतिशतले राजश्व असुल गरेको उनले बताए ।
फलाम, प्लास्टिकका दाना, रसायनिक मल र कुखुरा तथा पशुको दाना बनाउने अन्न बढी मात्रामा भित्रिएको बताउँदै उनले आउने तीन महिनामा लक्ष्यअनुसार भन्सार असुली हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्