२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


शेयर बजार उकालो लाग्नेक्रम जारी, नेप्से १४ सय ६१ पुग्यो


0
Shares

काठमाडौं, वैशाख १३ । सोमबार पनि शेयर बजार उकालो लागेर उचाइको नयाँ रेकर्ड राख्नेक्रम जारी रह्यो ।

बजार परिसूचक नेप्से ७ अंक बढीले उकालो लागेर १४ सय ६१ पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहेसँगै नेप्सेमा सुधार आएको हो । बीमा, विकास बैंक, होटल र वाणिज्य बैंक समूह सुधारिए ।

बीमा समूहमा सबैभन्दा उच्च २३ अंकको र विकास बैंक समूहमा २२ अंकको बृद्धि आयो । होटल समूह पनि दोहोरो अंकले बढ्यो भने वाणिज्य बैंक समूह ७ अंकले धनात्मक रह्यो । जलविद्युत्, वित्त र अन्य समूह भने ओरालो लागे ।

यसदिन कारोबार पनि उच्च रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको १५ लाख ६४ हजार कित्ता शेयर ९३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।