२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


सामाजिक सञ्जालको गलत प्रयोगले आपराधिक घटनाहरु बढे : एआइजी शर्मा


0
Shares

कन्चनपुर, वैशाख १३ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सामाजिक सञ्जालको गलत प्रयोगका कारण आपराधिक घटनाहरु बढ्दै गएको बताएका छन् ।

महाकाली अञ्चल प्रहरी कार्यालयले सोमबार आयोजना गरेको अन्तरक्रियाकाक्रममा उनले ‘आफ्ना बालबालिकालाई जुनसुकै कुलतबाट बचाउन अभिभावक सचेत बन्नुपर्छ’–भने ।

प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको भन्दै एआइजी शर्माले नागरिकको विश्वासलेमात्रै प्रहरीको काम सफल हुने बताए ।