
काठमाडौं, वैशाख १३ । जापान सहयोग नियोग (जाइका) र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच भूकम्पपछिको पुनःनिर्माणबारे सोमबार छलफल भएको छ ।
भूकम्पले भत्काएका निजी घर, सार्वजनिक भवन, ऐतिहासिक सम्पदा तथा शिक्षालयहरुको पुनःनिर्माणबारे छलफल भएको हो ।
जाइका नेपाल र प्राधिकरण मिलेर गोरखाका २४ ओटा र सिन्धुपाल्चोकका २२ ओटा गाविसमा ४० हजार घरहरु पुनःनिर्माणको काम सुरु भएको सो अवसरमा जानकारी दिइयो ।
त्यस्तै, धादिङ, नुवाकोट, मकवानपुर र ललितपुरमा विद्यालयहरु पुनःनिर्माणको काम सुरु गरिने पनि जानकारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्