१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


संविधान लागू गर्न नदिने खेल असफल बनाएरै छाड्छौं : प्रधानमन्त्री


0
Shares

काठमाडौं, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १७औं स्मृति दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा उनले संविधान लागू गर्न नदिने खेल असफल बनाएरै छाड्ने बताए ।

कार्यक्रममा कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारमा दृढताको अभाव देखिएको भन्दै संविधान कार्यान्वयन र पुनःनिर्माणको कामलाई तीव्रता दिन माथिदेखि नै सुधारको आवश्यक्ता रहेको बताए ।

कार्यक्रममा महिला राजनीतिकर्मीद्वय माधुरी दीक्षित र पद्मा मानन्धरलाई साधाना सम्मानबाट पुरस्कृत गरिएको थियो ।