
पाँचथर, वैशाख १३ । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले अब प्रचारमुखीभन्दा उत्पादनमुखी बन्नुपर्ने बेला आएको बताएकी छन् ।
पाँचथरको फिदिममा सोमबार पशुसेवा कार्यालयको भवन शिलान्यास गर्दै उनले हरेक नेपाली व्यवसायिक बन्नुपर्ने बताए ।
राजनीतिक कार्यकर्ताहरुले सस्तो लोकप्रियताका लागि भाषणमात्र नगरी उत्पादनमुखी बन्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री मानवीले मुलकलाई अब एक वर्षभित्र अन्डामा, दुई वर्षभित्र मासुमा र तीन वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर काम भइरहेको दाबी पनि गरिन् ।
प्रतिक्रिया दिनुहोस्