
काठमाडौं, बैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
१७ औं मनमोहन स्मृति दिवसमा आज राजधानीमा भएको कार्यक्रममा उनले अधिकारीलाई कम्युनिष्ट आन्दोलनका अथक योद्धाको रुपमा स्मरण गरिने बताए ।
मनमोहन अधिकारीले नेपाली जनता र नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको जति वर्णन गरे पनि कम हुने भन्दै प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीले देखाएको बाटो हिँड्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
कार्यक्रममा स्वर्गीय मनमोहन अधिकारीको प्रतिमामा प्रधानमन्त्री ओलीलगायत अन्य नेताहरुले पुष्पगुच्छा अर्पण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्