
काठमाडौं, बैशाख १३ । सुन तस्करीमा संलग्न रहेका आरोपमा भारतमा एक नेपालीसहित तीन जना पक्राउ परेका छन् ।
उनीहरु ३५ किलो सुनसहित पक्राउ परेका हुन् । राजश्व अनुसन्धान निर्देशनालय डीआरआईको टोलीले उत्तरी बंगालमा एक कारबाट सुन बरामद गरेको हो ।
एक/एक किलोको पुरियामा रहेका सुनको मूल्य १० करोड पर्ने बताइएको छ । यो सुन चीनबाट आएको अधिकारीहरुले बताएका छन् ।
पक्राउ परेका तीन जनाले भारत र भुटानको सीमाबाट ल्याएका थिए । सुन तस्करीका क्रममा पक्राउ पर्ने नेपालीको नाम प्रमोद देवकोटा भएको जनाइएको छ । उनी झापाका हुन् ।
अरु दुई भने भारत सिलगुढीका हुन् । उनीहरुलाई १४ दिन थुनामा राखेर अनुसन्धान गर्न त्यहाँको अदालतले अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्