२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


बाँदरमा पनि हुन्छ सम्वेदना, साथीको मृत्युमा बाँदरले गरे सडकजाम(भिडियो)


0
Shares

-कमल राना, ईमेज

काठमाडौं, वैशाख १३ । आफ्नो परिवारको सदस्य गुमाउनुको पीडा सबै मानिसमा हुन्छ । प्राण त्याग गर्ने सदस्यको शोकमा हरेक मानिस पीडाले छटपटिन्छ ।

तर, यस्तै भावनात्मक सम्वेदना बाँदरले पनि प्रकट गरेर मान्छेलाई चकित तुल्याएको छ ।

शुक्रबार काठमाडौंको थापाथलीमा करेन्ट लागेर मृत्यु भएको एक बाँदरका साथीहरुले आफ्नो साथीको मृत्युमा बिलौना गर्दा केहीबेर सडक नै जाम भएको थियो ।

साँझ ५ बजेतिर बिजुलीको तारमा हिँड्नेक्रममा एउटा बाँदर करेन्ट लागी भुइँमा बजारिएको थियो । त्यसलगतै भेला भएका साथी बाँदरहरुले उसलाई उठाउने, झक्झाउने, तान्ने अथक प्रयास गरे ।

आफ्नो साथीको मृत्युमा बाँदरले गरेको बिलौनाको दृष्य हेर्न मानिसहरुको भीड लाग्दा केहीबेर सडक नै जाम भएको थियो ।

बाँदरको भावनात्मक संवेदनाको दृष्यले मानिसहरुलाई तान्दा जाम भएको सडक खुलाउन ट्राफिक प्रहरीलाईसमेत बाक्लो संख्यामा खटिन बाध्य पारेको थियो ।