६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


वाट्फोर्डलाई पराजित गर्दै क्रिष्टल प्यालेस फाइनलमा


0
Shares

काठमाडौं, वैशाख १३ । वाट्फोर्डलाई हराँउदै क्रिष्टल प्यालेस एफए कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा गएराति भएको दोस्रो सेमिफाईनल खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई २-१ ले पराजित गरेको हो ।

खेलमा क्रिष्टल प्यालेसलाई विजयी गराउन यानिक बोलासी र कोनर विकह्यामले एक–एक गोल गरे । वाट्फोर्डका ट्रोए डिनीले एक गोल फर्काए । जितसँगै क्रिष्टल प्यालेसले म्यान्चेस्टर युनाईटेड विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।

पहिलो सेमिफाईनलमा एभर्टनलाई हराँउदै म्यान्चेस्टर युनाईटेडले फाईनलमा स्थान सुरक्षित गरेको थियो । फाईनल खेल आगामी जेठ ८ गते शनिबार हुनेछ ।