२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


साहसिक बजेट ल्याउन परिसंघको आग्रह


0
Shares

काठमाडौं, वैशाख १२ । नेपाल उद्योग परिसंघले आगामी बजेट ओरालो लागेको अर्थतन्त्रलाई चलायमान बनाउने खालको ल्याउन अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेको छ ।

परिसंघले पुरातनवादी सोचबाट माथि उठेर साहसिक बजेट ल्याउनुपर्नेमा जोड दिएको छ । परिसंघले लगानी तथा विकासको दशक घोषणा गरी कार्यान्वयनमा ल्याउन पनि आग्रह गरेको छ ।

आइतबार अर्थ मन्त्रालयलमा परिसंघको तर्फबाट सुझाव दिदै परिसंघका अध्यक्ष हरिभक्त शर्माले उत्पादनलाई प्रोत्साहन गर्ने र उच्च आर्थिक बृद्धि हासिल गर्ने बजेट आवश्यक रहेको बताए ।

परिसंघले पुनर्उत्थान कोष बैशाखदेखि नै कार्यान्वयनमा ल्याउन पनि आग्रह गरेको छ । पूर्वाधार विकास बैंक स्थापना आगामी बजेटबाटै गर्नुपर्ने भन्दै परिसंघले एक तिहाई बजेट विकास बजेट बनाउन सुझाव दिएको छ ।

अर्थमन्त्री पौडेलले परिसंघको सुझावलाई महत्वका साथ लिएको र सम्भव एवं उपयुक्त सुझाव समेट्ने आश्वासन दिए । उनले संविधान जारीपछि मुलुकको एउटै कार्यसूची समृद्धि रहेको बताए ।

उद्योगी व्यवसायीहरुले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सहयोग पुर्‍याउने गरी बजेट ल्याउन आग्रह गरेका छन् । उनीहरुले संविधान जारीपछि आउन लागेको बजेट पनि नयाँ युग सुहाउँदो होस् भन्ने चाहेको बताएका छन् ।