२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


दोहोरो अंकको सुधारसँगै नेप्से नयाँ उचाईमा


0
Shares

काठमाडौं, वैशाख १२ । आइतबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आयो । बजार परिसूचक नेप्से १२ अंक बढीले उकालो लागेर १४५४ को नयाँ उचाईमा पुग्यो ।

कारोबार भएकामध्ये अधिकांशजसो समूह उकालो लागेसँगै नेप्सेमा सुधार जारी रहेको हो । जलविद्युत र वित्तमा झिनो गिरावट बाहेक अरु सबै समूह सुधारिएका हुन् ।

उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ७० अंक बराबरको बृद्धि आयो । बीमा समूह १९ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि १७ अंकको सुधार आयो ।

अन्य, होटल र विकास बैंक समूह सामान्य अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेचन्जमा १ सय २० कम्पनीको १० लाख ६१ हजार कित्ता शेयर ८६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।