२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


नेपाली बजारमा इटालियन कम्पनी बेनेलीका मोटरसाइकल


0
Shares

काठमाडौं, वैशाख १२ । इटालियन कम्पनी बेनेलीका मोटरसाइकलहरु स्थानीय बजारमा भित्रिएको छ ।

बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले सो ब्राण्डका चारवटा मोडल नेपाली बजारमा ल्याएको हो । ६ सय सीसीको ‘बेनेली टी एन टी सिक्स हन्ड्रेड आई’ मोटरसाइकल रेसिङ्ग गर्नेहरुका लागि उपयुक्त रहेको जनाइएको छ ।

यसको मूल्य १५ लाख ५० हजार रहेको छ । लामो यात्राका लागि उपयुक्त ‘टी एन टी थ्री हन्ड्रेड’ को मूल्य ६ लाख ८० हजार एवं ‘बेनेली टी एन टी ट्वान्टी फाइभ’ को मूल्य ४ लाख २० हजार रहेको छ ।

बेनेली जेनजेरो वान फिफ्टी स्कूटरको मूल्य २ लाख ६५ हजार रहेको छ । आकर्षक डिजाइन र क्षमताका कारण यो नेपाली बजारमा लोकप्रिय हुने दाबी कम्पनीको छ ।