
सुनसरी, वैशाख १२ । सुनसरीको रामधुनी भासी नगरपालिकाका खेमराज सुवेदीलाई प्रहरीले ३७ लाख भारुसहित पक्राउ गरेको छ ।
प्रहरी टोलीले आज सुवेदीको घरमा छापा मारी स्रोत नखुलेको रकम राखेको आरोपमा पक्राउ गरेको हो ।
लामो समयदेखि भारतको कैलाखात, सिक्कम, दार्जेलिङ, जोगवनी र नयाँ दिल्लीबाट भारु ल्याएर नेपालमा अवैध कारोवार गर्ने गरेको प्रहरीको दाबी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्