
सिन्धुली, वैशाख १२ । सिन्धुलीलाई जुनार उत्पादनको पकेट क्षेत्र बनाउने उद्देश्यले जुनारको बिरुवा हुर्काउन स्क्रिन हाउसको निर्माण गरिएको छ ।
जिल्लाको रतनचुरा, खनियाखर्क, तीनकन्या लगायतका स्थानमा जुनारको बिरुवा हुर्काउने स्क्रिन हाउसको निर्माण गरिएको हो । स्क्रिन हाउसको निर्माणपछि जुनार उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको सात लाख रुपैयाँ अनुदान र स्थानीय उपभोक्ताको ५ लाख २५ हजार गरी कुल १२ लाख २५ हजारको लागतमा स्क्रिन हाउसहरु निर्माण गरिएको हो ।
स्क्रिन हाउसमा जुनारका विरुवा उत्पादन, कलमी र रोग किरा नियन्त्रण जस्ता कामहरु हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्