
काठमाडौं, वैशाख ११ । साताभर शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि उच्च बृद्धि आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ अंकले बढेर अन्तिम दिन १४ सय ४१ अंकमा पुग्यो ।
यो साता जलविद्युत् र टेलिकम सूचीकृत अन्य समूहबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो ।
बीमा समूह १ सय ४९ अंकले, होटल ७५ अंकले, उत्पादनमूलक ५६ अंकले र वाणिज्य बैंक समूह पनि ४४ अंकले उचालियो । व्यापार समूह भने स्थीर रह्यो ।
यो साता कारोबार परिमाणमा पनि उछाल आयो । १ सय ४५ कम्पनीहरुको चार अर्ब ३७ करोड सात लाख रुपैयाँ बराबरका ७४ लाख २६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ४७ कम्पनीहरुको दुई अर्ब २६ करोड ८३ लाख रुपैयाँ बराबरका ४४ लाख ७२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ९३ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र कारोबार संख्याको आधारमा सिटिजन्स बैक इन्टरनेसनल अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा एभरेस्ट बैंकलाई सिटिजन्स बैक इन्टरनेसनल, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्