२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


अमेरिकामा मृत्युदण्डको शैलीमा आठ जनाको हत्या


0
Shares

काठमाडौं, बैशाख ११ । अमेरिकाको ओहायोमा आठ जनाको हत्या गरिएको छ । ओहायोको ग्रामीण क्षेत्रमा मृत्युदण्डको शैलीमा आठ जनाको हत्या गरिएको सरकारी अधिकारीले बताएका हुन् ।

मारिनेमा १६ वर्षका किशोरसहित ८ जना रहेको र ती सबै एकै परिवारका सदस्य हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

सबैको टाउकोमा गोली हानेर हत्या गरिएको र हत्यामा संलग्न फरार रहेको सरकारी अधिकारीले बताएका छन् । ओहायोको साउथ अफ कोलम्बसको पिकेटनमा घटना भएको हो ।

घटनामा तीन बालकालिका भने बाँच्न सफल भएका छन् । कुनै एक व्यक्तिले हत्या गरेको हुन सक्ने र आरोपीको खोजी भइरहेको स्थानीय अधिकारी चार्ल्स रिडरले बताए ।

हत्याको कारण तथा ज्यान जानेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । आक्रमणकारी परिवारकै सदस्य रहे नरहेको बारे पनि केही थाहा नभएको प्रहरीको भनाइ छ । (एजेन्सी)