
काठमाडौं, बैशाख ११ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले पनामा पेपर्स प्रकरणमा आफू दोषी प्रमाणित भए राजीनामा दिने बचन दिएका छन् ।
कर छली र अवैध सम्पत्ति लुकाएको भन्दै पनामा पेपर्समा नाम आएपछि आलोचित बन्नुभएका शरीफले राष्ट्रका नाममा सम्बोधन गर्दै यसबारेमा स्वतन्त्र छानबीन गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँग आग्रह गर्ने जानकारी दिए ।
त्यस्तो आयोगले दिने निर्णय आफूलाई स्वीकार्य हुने पनि उनले बताए । विश्वका धनी र शक्तिशाली व्यक्तिहरुले कसरी कर छली र अवैध ढंगले आर्जन गरेका सम्पत्ति लुकाउँदा रहेछन् भन्ने पनामा प्रकरणमा खुलासा भएको थियो ।
जहाँ शरीफका परिवारको नाम पनि जोडिएको थियो । यद्यपि, शरीफले भने भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको जिकीर दोहोर्याएका छन् ।
पाकिस्तानमा विपक्षी नेताहरुले यसबारेमा न्यायीक आयोग बनाएर छानबीन गर्न माग गरिरहेका सन्दर्भमा प्रधानमन्त्री शरीफले यस्तो बयान दिएका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्