
काठमाडौं, बैशाख ११ । अदालतबाट दोषी ठहर भई फरार हुने संख्या करिब डेढ लाख छ ।
अदालतबाट दोषी ठहर भई फरार हुने को संख्या एक लाख ३४ हजार आठ सय ३९ रहेको सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
अन्य अर्धन्यायिक निकायबाट दोषी ठहर गरेकाहरुबाट मात्र एक लाख १० हजार दुई सय ६० दिन कैद असुल्न बाँकी छ ।
यस्तै १० अर्व १८ करोड ३० लाख ९६ हजार नौ सय ८१ रुपैयाँ जरिवाना असुल्न बाँकी रहेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायले बताए ।
जिल्ला वन कार्यालय, राजश्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयजस्ता अन्य अर्धन्यायिक निकायले दोषी ठहर गरी फरार रहेका व्यक्तिको भने राज्यले कुनै तथ्यांक राखेको छैन् ।
फैसला कार्यान्वयन निर्देशनालयले अदालतले फैसला गरेका व्यक्तिको मात्र विवरण राख्छ । त्यसकारण फरारको संख्या अझै धेरै हुन सक्छ ।
पछिल्लो वर्ष फरारलाई पक्राउ गर्न चालिएको विशेष अभियानपछि अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्ति धमाधम पक्राउ परिरहेका छन् । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्