२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


भारतको बिहारमा आगलागी हुँदा १३ जनाको जलेर मृत्यु


0
Shares

काठमाडौं, बैशाख ११ । भारत बिहारको औरंगावादमा आगलागी हुँदा १३ जनाको जलेर मृत्यु भएको छ ।

औरंगावादको दाउदनगर प्रखण्डको तरार गाउँ हरिनगर टोलमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

घटनामा अझै धेरैको मृत्यु भएको हुनसक्ने बताइएको छ । एकापसमा जोडिएका तीन वटा घरमा आगलागी भएको र ती घरको बाहिर निस्कने ढोकामा पनि आगो लागेकाले भित्र रहेका मानिसको जलेर मृत्यु भएको हो ।

मृत्यु हुने पाँच बालबालिका छन् । शुक्रबार स्थानीय जटाराम नाम गरेका व्यक्तिको घरमा एक पारिवारिक समारोह चलिरहेका बेला आगलागी भएको हो । (एजेन्सी)