
काठमाडौं, वैशाख १० । डेरी उद्योग संघको अध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएका छन् ।
‘दुग्ध पदार्थको आहार : स्वस्थ्य जीवनको आधार’ भन्ने मूल नाराकासाथ शुक्रबार राजधानीमा सम्पन्न संघको सातौं वार्षिक साधारणसभाबाट राजभण्डारी निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित भएपछि राजभण्डारीले डेरी उद्योग गरिबी निवारण र ग्रामीण स्वरोजगारका लागि उदाहरणीय रहेको बताए ।
हाल डेरी उद्योगले देशको कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशतको योगदान पु¥याइरहेको उनले जानकारी दिए ।
संघका पूर्वअध्यक्ष विश्वराम खड्काले सरकारले कच्चादूधको मापदन्ड नतोकेको तथा दुग्धपदार्थको स्तर निर्धारण प्रक्रिया पुरानो भइसकेकाले समस्या उत्पन्न भएको बताए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले दुग्ध विकास संस्थानले निजी क्षेत्रलाईसमेत समेटेर लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा पशुपछी विकासमन्त्री शान्ता मानवी, पशुपन्छी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेललगायतले दुग्ध क्षेत्रको विकासको विषयमा मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्