२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


जलवायु परिवर्तनको समस्या कसरी निम्तिन्छ, असर के–के ? (भिडियो रिपोर्ट)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख १० । संसारभर शुक्रबार विभिन्न कार्यक्रम गरी पृथ्वी दिवश मनाइएको छ ।

जलवायु परिवर्तन र मानवीय दोहनबाट क्षतविक्षत हुँदै गएको पृथ्वीलाई बचाउने सन्देश दिँदै पृथ्वी दिवस मनाउने गरिएको छ ।

यो वर्ष यो दिवसका अवसरमा जलवायु परिवर्तनबाट परिरहेको असरलाई कसरी रोक्न सकिन्छ भनेर संसारभर नै छलफल गरियो ।

वातावरण प्रदुषण बढ्दै गएका कारण हाल जलवायु परिवर्तनको समस्याले भयावह रुप लिँदैछ । त्यसको प्रत्यक्षभार पृथ्वीको स्वच्छता र मानवीय स्वास्थ्यमा परिरहेको छ ।

अझ पृथ्वीको स्वरुप बिगार्न मानवीय अतिक्रमण र दोहन अर्को कारण बनेको छ ।

सन् १९७० मा अमेरिकी जनताले जलवायु परिवर्तनको असरबारे संसारको ध्यानाकर्षण गर्न अप्रिल २२ को दिनलाई पृथ्वी दिवसको घोषण गरेका थिए ।

जलवायु परिवर्तनलाई कम गर्ने सन्देश छर्दै हाल संसारभर नै यो दिवश मनाइन्छ । नेपालमा यो दिवस मनाउन थालेको १८ वर्ष भैसकेको छ ।

विभिन्न नामका आँधी आउनु, चाँडोचाँडो मौसम परिवर्तन हुनु, हिमपात, हिमनदीहरु फुट्नु, अति र अनावृष्टि हुनु जस्ता समस्या पछिल्ला दिनमा पृथ्वीमा थोपरिएका समस्या हुन् । जसको कारक जलवायु परिवर्तनलाई मानिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्