
विराटनगर, वैशाख १० । अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटले मुलुकमा आर्थिक समृद्धिको जग बसाल्ने दाबी गरेका छन् ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा उनले सबै राजनीतिक शक्तिको अबको एजेन्डा आर्थिक विकास रहेको बताए ।
मन्त्री पौडेलले नयाँ संविधान कार्यान्वयन गराउनसक्ने बजेट ल्याउनु चुनौतीपूर्ण रहेको तर आर्थिक समृद्धिको जग पनि यही बजेटमार्फत् बसाल्नुपर्ने तर्क गरे ।
आगामी जेठ १५ गते नयाँ बजेट सार्वजानिक गर्ने गरी तयारी भइरहेको जानकारी पनि अर्थमन्त्री पौडेलले दिए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, मोरङ व्यापार संघका अध्यक्ष पवन साराडालगायतले बजेटमा उद्योगी–व्यापारीका सुझाव प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्