
काठमाडौं, वैशाख १० । नेकपा एमालेका शीर्ष नेताहरुले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुक अप्ठेरोमा परेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ६८औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा सहभागी नेताहरुले पछिल्ला दिनमा टूटफुटको राजनीतिले कम्युनिष्टहरु कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउने बताए ।
त्यस्तै, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट इतिहास हेर्दा फुटेर जानेहरु समाप्त हुँदै गएको देखिएको भन्दै जुटेरै अघि बढ्न सबै कम्युनिष्टहरुलाई आग्रह गरे ।
त्यसैगरी, एमाले महासचिव ईश्वर पोखरेलले कम्युनिष्टहरुबीचको एकताको सुरुआत पार्टीभित्रैबाट गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्