
सुनसरी, वैशाख १० । धरानबाट विहीबार पक्राउ परेका १२ जना जुवाडेविरुद्ध इलाका प्रहरी कार्यालय धरानले शुक्रबार मुद्दा दर्ता गरेको छ ।
धरान–७ बुद्धमार्गस्थित दीपक तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जुवाडेहरुलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
तामाङले लामो समयदेखि घरमै जुवा खेलाउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु गुन्डगर्दी र लूटपाटमासमेत संलग्न व्यक्तिहरु रहेको प्रहरीको आरोप छ ।
जुवाको खालबाट प्रहरीले एक लाख ४० हजार नगद पनि बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्