२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


असिना–पानीले नगदे तथा अन्नबालीमा क्षति


0
Shares

ताप्लेजुङ, वैशाख १० । ताप्लेजुङको पश्चिमी क्षेत्रमा परेको असिना–पानीले नगदे तथा अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

लिवाङ, सान्थाक्रा, थिङ्लाबु र खाम्लुङ गाविसमा हिजो परेको असिनापानीले किसानले लगाएको मकै, आलु, अलैंची र सुन्तलामा बढी क्षति पुर्‍याएको हो ।

यसअघि पनि ताप्लेजुङका विभिन्न गाविसमा परेको असिनाका कारण लाखौँ रुपैयाँ मुल्य बराबरको बालीनालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।