
काठमाडौं, वैशाख १० । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ ।
उपाधि दावेदारी जिवित राख्ने क्रममा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हरायो । आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन दुबै गोल अलेक्सीस सान्चेजले गरे ।
जितसँगै आर्सनल ३४ खेलबाट ६३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७३ अंक जोडेको लेष्टर सिटी शीर्ष स्थानमा छ भने दोस्रो स्थानको टोटनह्याम हट्सपरको ६८ अंक छ ।
प्रतिक्रिया दिनुहोस्