
काठमाडौं, वैशाख १० । व्यवस्थापिका संसदको नियमावली मस्यौदा गर्न बनेको समितिले सर्वस्वीकार्य मस्यौदा तयार गर्न नसकेपछि विवादित विषयको सूचीसहितको मस्यौदा संसदमा पठाउने तयारी थालेको छ ।
संसदीय सुनुवाई लगायतका विवादित विषयमा प्रश्नावली निर्माण गरेर मतदानको तयारी गरिसकेको अवस्थामा मतदानकै विषयमा समेत विवाद देखिएपछि समिति मस्यौदा निर्माणबाट पन्छिने तयारीमा जुटेको हो ।
समितिको यो तयारीसँगै प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, सर्वोच्च अदालतका न्यायाधीश र राजदुतको नियुक्ति प्रक्रिया बजेट अधिवेशनसम्म धकेलिने देखिएको छ ।
मस्यौदा समितिको विवाद संसदसम्म पुगेको अवस्थामा पुरानै नियमावलीअनुसार सुनुवाई प्रक्रिया अघि बढाउन दलीय सहमति जुटेमात्र बजेट अधिवेशनअघि मन्त्रिपरिषद । संवैधानिक परिषदको सिफारिसमा परेकाको नियुक्ति हुने देखिएको हो ।
गत कार्तिकमा १५ दिनभित्र मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको समितिले चार पटकसम्म म्याद थप गर्दा पनि नियमावलीको मस्यौदा तयार पार्न नसकेको हो ।
–राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्