२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


नेपाली झण्डासहितका जहाज चीनमा अलपत्र


0
Shares

काठमाडौं, वैशाख १० । नेपालले ल्याउन लागेको चारवटा जहाज ६ महिना अघि नै तयार भए पनि चीनका दुई ठूला फ्याक्ट्रीका मैदान मै अलपत्र परेका छन् ।

एभिक एयरक्राफ्ट कम्पनी लिमिटेड, सियानस्थित मैदानमा एमए ६० जहाज र रुसको सीमा नजिकको सहर हार्बिनको एभिन एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनीको मैदानमा तीनवटा वाई १२ जहाज राखिएका छन् । चारवटै जहाजमा नेपाली झण्डा राखिएको छ ।

चिनियाँ अधिकारीका अनुसार यी चार जहाजका लागि नेपालले ६० प्रतिशत रकम अर्थात २१.०६ मिलियन डलर तिरिसकेको छ ।

उत्पादक कम्पनीको मैदानमा रहेका यी चारवटै जहाजमा नेपाल वायुसेवा निगमको रङसमेत लगाएर ठिक्क पारिएको छ । सबै जहाजमा नेपाली कलसाइनसमेत उल्लेख गरेर तयार पारिएको छ । नेपालमा उडानका लागि दर्ता गरेपछि मात्र कलसाइन प्रयोग गर्न पाइन्छ । –अन्नपूर्ण पोस्टबाट