२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


मर्जरले संख्या घटायो, सेवा विस्तार भएन : राष्ट्र बैंक प्रवक्ता


0
Shares

काठमाडौं, वैशाख ९ । वित्तीय स्थायित्व अभिबृद्धि गर्न नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको मर्जर नीति कार्यान्वयनमा आएसँगै मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्दै गएको छ ।

केन्द्रीय बैंकको मर्जरसम्बन्धी नीतिले बैंक तथा वित्तीय संस्थाको संख्या घटाए पनि अपेक्षा गरिएअनुसार सेवा विस्तार भने हुन सकेको छैन ।

‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी विनियमावली, २०६८’ कार्यान्वयनमा आएपछि ८६ ओटा बैंक तथा वित्तीय संस्थाहरु एकापसमा मर्ज भइ ३२ ओटा संस्था बनेका छन् ।

यस्तै, एउटा वाणिज्य बैंकले दुईओटा वित्त कम्पनीहरु र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति गरेको केन्द्रीय बैंकले जनाएको छ ।

मर्जरले बैंक तथा वित्तीय संस्थाको संख्या घटाएपनि अपेक्षा गरिएअनुसार सेवा विस्तार हुन नसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले विहीबार हामीसँग बताए ।

मुलुकको पछिल्लो आर्थिक अवस्थाका कारण पनि मर्जरपछि पनि निक्षेप संकलन, कर्जा प्रवाह, सेवा विस्तार हुन नसकेको उनले उल्लेख गरे ।

यस्तै ठूला संस्थामा मर्ज भएका संस्था कर्मचारीलाई हेप्ने प्रवृत्ति पनि पाइएको उनले बताए ।

मर्जरका लागि थुप्रै बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकबाट स्वीकृति प्राप्त गरिसकेका छन् भने कतिले स्वीकृति पाइसकेर मर्जर प्रक्रियामा छन् ।