६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


महिला लिगः मध्यपश्चिमको पोस्टमा पूर्वाञ्चलको १४ गोल


0
Shares

काठमाडौं, वैशाख ९ । पूर्वाञ्चल विकास क्षेत्रले राजधानीमा जारी महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा फराकिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कमप्लेक्सको मैदानमा विहीबार भएको खेलमा पूर्र्वाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई १४–० को विशाल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफसम्म ८–० को अग्रता लिएको पूर्वाञ्चलले दोस्रो हाफमा थप ६ गोल गरेको थियो ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी तथा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल भिड्ने छन् ।