
पाँचथर, वैशाख ९ । आयोजक सूर्यमुखी मञ्च रातो पाँचथरको यासोकमा जारी प्रथम कुमाय कुसायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विहीबार भएको अन्तिम सेमिफाइनलमा बीआरसी भुटानलाई ३–२ ले पराजित गर्दै आयोजक रातोले फाइनल यात्रा तय गरेको हो ।
सूर्यमुखीको तर्फबाट ५५औं मिनेटमा गणेश हेमरनले र ७८औं मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए ।
भुटानका तर्फबाट ४३औं मिनेटमा दिनेश कार्की र ५९औं मिनेटमा सोम थापाले गोल गर्दा खेल २–२ को बराबरीमा पुगेको थियो ।
खेलको निर्धारित् समयमा बराबरी भएपछि २० मिनेट समय थपिएको थियो । सो समयको १०औं मिनेटमा आयोजक रातोको तर्फबाट सञ्जोग राईले गरेको गोल नै जितमा निर्णायक बन्न पुग्यो ।
सञ्जोग राई नै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
फाइनल खेल शुक्रबार आयोजक रातो र ब्वाइज युनियन काठमाडौंबीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस्