२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


चिनियाँ राष्ट्रपति सी अब सेना प्रमुख पनि


0
Shares

काठमाडौं, वैशाख ९ । चीनका राष्ट्रपति सी चिनफिङले सेनाको सर्वोच्च पद सम्हाल्दै चिनियाँ जनमुक्ति सेनाको प्रमुखसमेत बनेका छन् ।

सेनाभित्र आफ्नो नियन्त्रण थप मजबुद् बनाउन उनले यस्तो कदम चालेको बताइएको छ ।

नयाँ पदलाई सीले आफूलाई सेनामा प्रत्यक्ष नियन्त्रण गर्न सक्षम नेताकारुपमा देखाउन खोजेको संकेतकारुपमा हेरिएको छ ।

‘सिन्ह्वा’ समाचार एजेन्सीले राष्ट्रपति सीले सेनाको पोशाकमा सैन्यकेन्द्र भ्रमण गरेको देखाएको छ ।

सी कम्युनिष्ट पार्टीको महासचिव, जनमुक्ति सेनालाई व्यवस्थापन गर्ने केन्द्रीय सैन्य समितिका अध्यक्षसमेत हुन् ।

दक्षिणी चिनियाँ समुद्रस्थित टापुको विवाद बढ्दै गएका बेला चिनियाँ राष्ट्रपति सीले सेनाको सर्वोच्च पद पनि सम्हालेका हुन् । (एजेन्सी)