१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


फोरम लोकतान्त्रिकको महाधिवेशन वैशाख २० देखि, पार्टी नाम परिवर्तनको सम्भावना


0
Shares

विराटनगर, वैशाख ९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आगामी वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

पार्टी स्थापना भएको सात वर्षपछि फोरम लोकतान्त्रिकले राष्ट्रिय अधिवेशन गर्न लागेको हो ।

पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय अधिवेशनको तयारी ९० प्रतिशत पूरा भएको जानकारी दिए ।

उनले महाधिवेशनका लागि उपसमितिहरु बनाउने, एजेन्डा तयार गर्ने, पाहुनालाई निमन्त्रणालगायतका कामहरु भइरहेको जानकारी दिए ।

महाधिवेशनमा देशभरका ६२ जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

महाधिवेशनले पार्टीको नाम परिवर्तनसमेत गर्ने सम्भावना रहेको जनाइएको छ ।