१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


भाषण गरेर विकास हुँदैन : नेपाल


0
Shares

काठमाडौं, वैशाख ९ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कामभन्दा कुरा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएको बताएका छन् ।

विहीबार राजधानीमा दृष्टिविहीनहरुको संस्था आजाड नेपालले गरेको कार्यक्रममा उनले ‘भाषण गरेर मुलुकको विकास हुन सक्दैन’–भने ।

मुलकमा व्याप्त भ्रष्टाचार र ढिलासुस्तीले मुलुकलाई बर्बादीतर्फ लगेको भन्दै नेपालले त्यस्ता गतिविधिविरुद्ध सबै एक हुनुपर्ने बताए ।