१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


‘नेवि संघ निर्वाचनको मिति घोषणा चाँडै’


0
Shares

काठमाडौं, वैशाख ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल विद्यार्थी संघको निर्वाचनको मिति चाँडै घोषणा गरिने बताएका छन् ।

नेपाल विद्यार्थी संघ रामेछाप–काठमाडौं सम्पर्क मन्चले विहीबार राजधानीमा गरेको कार्यक्रममा कांग्रेस नेता सिंहले विद्यार्थी संगठनलगायत सबै भ्रातृ संगनठको निर्वाचनको मिति चाँडै तय गरिने बताएका हुन् ।

उनले भ्रातृ संगठनको निर्वाचन हुन नसक्दा पार्टीले गति लिन नसकेको भन्दै निर्वाचनको लागि नेतृत्वलाई दबाब दिन आग्रह गरे ।

नेवि संघका नेताहरुले भने निर्वाचन गर्न नेतृत्वले चासो नराखेको भन्दै एक वर्षभित्रमा सबै भ्रातृ संगठनको निर्वाचन गर्न माग गरेका थिए ।

उनीहरुले भ्रातृ संगठनको निर्वाचन नहुँदा संगठनभित्र बेथिति बढेको गुनासो गर्दै चाँडै मिति तोकिनुपर्नेमा जोड दिएका थिए ।