१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


निजी विद्यालयले लिने मनपरी शुल्क रोक्न दबाब


0
Shares

काठमाडौं, बैशाख ९ । विभिन्न विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले लिँदै आएको मनोमानि शुल्क तत्काल रोक्न सरकार समक्ष माग गरेका छन् ।

विहीबार विहान नेविसंघको केन्द्रीय कार्यलयमा बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले गत वैशाख ६ गते सरकारले विद्यार्थी संगठनसँग गरेको १० बुँदे सहमति कडाईका साथ लागू गराउन सबै संगठनका तर्फ बाट १–१ जना प्रतिनिधि रहने कार्यदल पनि निर्माण गरेको छ ।

कार्यदलले दिएको प्रतिवेदनका आधारमा आन्दोलनका कार्यक्रम तय गरिने बैठकमा सहभागी नेविसंघका प्रवक्ता गरेको युपी लामिछानेले जानकारी दिए ।

यस्तै, बैठकले स्ववियु निर्वाचन तत्कालै सम्पन्न गराउनका लागि सबै संगठनका अध्यक्ष तहमा गम्भीर छलफल गरि तत्काल सहमति जुटाउने निर्णय पनि गरेको छ ।

संयुक्त बैठकले नेपाल सरकार लगायत सरोकारवाला निकाय र विद्यार्थी संगठनबीच हालसम्म भएका सबै सहमति लागू गर्न जिम्मेवार बन्न पनि अपिल गरेको र सहमति विपरित नै काम भइरहे आन्दोलनमा उत्रिने निर्णय भएको लामिछानेले बताए ।