
विराटनगर, बैशाख ९ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारको विकल्प खोजी हाल्ने अबस्था नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियनले आज बिहान बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले राजदूत नियुक्ति लगायतका विषयमा सरकार एकल ढंगले अघि बढे पनि विकल्प भने नखोजिने बताएका हुन् ।
उनले अहिलेको अवस्थामा सरकारको विकल्प खोज्नु भन्दा पनि दलहरुबीच राष्ट्रिय सहमति कायम गरी अगाडी वढ्नु आवश्यक भएको बताए ।
संविधान कार्यान्वयन लगायतका विषयमा दलहरुबीच राष्ट्रिय सहमति आबश्यक भएको भन्दै नेता सिटौलाले संविधान कार्यान्वयन गर्नका लागि पनि दलहरुबीच राष्ट्रिय समहमति आवश्यक रहेकोमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्