२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


२६ बर्ष वित्यो रोल्पाको विमानस्थल बनेन, गौचरणमा परिणत(भिडियो)


0
Shares

-पहलमान घर्ती, ईमेज

रोल्पा, बैशाख ९ । रोल्पाको एक मात्र बडाचौर विमानस्थल सरोकारवाला निकायले ध्यान नदिँदा गौचरणमा परिणत भएको छ ।

वि.स.२०३६ सालबाट सञ्चालनमा आएको विमानस्थल २०४६ सालदेखि भने बन्द छ । २६ वर्षदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा सरोकारवालाहरुले पहल नगरेको भन्दै स्थानीयबासिन्दा आक्रोसित भएका छन् ।

२०३६ सालमा रोल्पाको बडाचौरमा विमान अबतरण हुँदा स्थानीय जति हर्षित देखिन्थे अहिले त्यत्तिनै दुःखी बनेका छन् ।

नेपालमा बहुदल आएसंगै बन्द हुन पुगेको रोल्पाको एक मात्र विमानस्थल हाल सम्म पनि सञ्चालनमा आउन सकेको छैन । विमान स्थल सञ्चालनमा नआउंदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

लामो समयदेखि विमानस्थल सञ्चालन नहुँदा हाल विमानस्थल गौचरण बनेको छ । विमानस्थल क्षेत्रमा बालबालिका खेल्ने र बस्तु चराउने ठाउं बनेको छ ।

२६ वर्षदेखि अलपत्र विमानस्थल पुनःसञ्चालनको लागि स्थानीयले पटक–पटक सरोकारवाला निकायसंग माग गर्दा पनि हालसम्म कतैबाट विमानस्थल सञ्चालनको पहल हुन सकेका छैन ।

उल्टै रोल्पाका राजनीतिक दल र सरोकारवाला निकायले विमानस्थल अन्यत्रै सार्न लागेको स्थानीयको आरोप छ ।